news-details

बुद्धि तामाङ अभिनित ‘वेलकम टु हेम्जाकोट’ जेठ २६ मा रिलिज हुने

Total Share : 473 Total Views : 3.3 K

काठमाडौं । बुद्धि तामाङको शीर्ष भूमिका रहेको फिल्म ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार जेठ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । यसअघि यसलाई गत वर्षको तिहारमा रिलिज ल्याउने तयारी थियो ।

 

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा तामाङसहित विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सिना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदेव राई, जयनन्द लामाको अभिनय छ ।

 

वैदेशिक रोजगारीले परिवारमा ल्याउने संकटको कथावस्तुमा बनेको यो फिल्मको छायांकन पोखरा आसपासमै गरिएको छ । यो फिल्मले नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड समेत जितेको थियो । यो फिल्ममा समावेश आइटम डान्स ‘मायाको रेडियो’, तिहार सम्बन्धित गीत ‘सेलको बासना चलेको’ रिलिज भइसकेका छन् ।

 

पोखरामा रहेको पर्यटकीय स्थल हेम्जाकोटमा खिचिएको फिल्मको नाम पनि त्यसबाट लिइएको हो । यसले स्थानीय स्तरको पर्यटन क्षेत्रमा पनि योगदान गर्ने निर्माण पक्षको विश्वास छ । मिलन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादनमा तयार भएको फिल्मलाई दीर्घ गुरुङले सम्पादन गरेका हुन् । निर्देशक सरोज पौडेलले भारत, अष्ट्रेलिया, जापान, युरोपलगायत विदेशमा प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी दिए ।

 

 

You can share this post!

Total Share : 473 Total Views : 3.3 K

प्रतिक्रिया