news-details

खोक्दा वा थुक्दा रगत देखिनुका कारण

Total Share : 65.2 K Total Views : 459.3 K

कुनै व्यक्तिले खोक्दा वा थुक्दा थुक वा खकारमा रगत देखिनुलाई हिमोपटाइसिस भनिन्छ ।


माथिल्लो श्वासप्रश्वासको प्रणालीमा सङ्क्रमण, ब्रोन्काइटिस र दमसहित धेरै श्वासप्रश्वासको समस्यामा रगत देखिन सक्छ । तर, खोक्दा वा खकारमा पर्याप्त मात्रामा रगत आउँदा वा बारम्बार खाकरमा रगत देख्नु खतरनाक हुन सक्छ । गम्भीर अवस्था, फोक्सो वा पेटको गम्भीर समस्याका कारणले गर्दा हुन्छ ।

सामान्यतया मुखबाट वा खकारमा रगत फोक्सोबाट आउँछ तर यो पेट वा पाचन प्रणालीबाट पनि आउन सक्छ । यदि रगत रातो, ढिक्का भएको र कहिलेकाहीँ खकारको साथ मिसिइएको छ भने यो फोक्सोबाट आएको हुन्छ जुन लगातार खोकी वा फोक्सोमा सङ्क्रमणको कारणले हुनसक्छ । यदि रगत पाचन प्रणालीबाट आउँछ भने चिकित्सा शब्दमा यसलाई हेमाटेमेसिस भनिन्छ ।

यदि रगत गाढा छ र खानाको टुक्राको साथ आउँछ भने यो सम्भवतः पेट वा अन्य पाचन प्रणालीको कारणले गर्दा देखापरेको हुन्छ । यो अझ गम्भीर अवस्थाको सङ्केत हुनसक्छ । लामो समयसम्म वा लगातार खाोकी लागिरहेमा, ब्रोन्काइटिस, श्वासप्रश्वासको नली सुन्निएमा, अत्यधिक नाकबाट रगत बगेमा, लागुऔषधको सेवन, रगत पातलो बनाउने औषधिको सेवन, सिओपिडी, निमोनिया, फोक्सोमा रगत जमेमा, पल्मोनरी बढेमा, घाँटीको क्यान्सर, टिबी भएमा, फोक्सोको क्यान्सर भएमा, मुटुको नली साँघुरिएमा, सिस्टिक फाइब्रोसिस वा भित्री चोटपटक लागेमा, कुनै व्यक्तिले खोक्दा वा थुक्दा थुक वा खकारमा रगत देखिन सक्छ ।

कुनै व्यक्तिले खोक्दा वा थुक्दा थुक वा खकारमा रगत देखिनासाथ डाक्टरकोमा तुरुन्त जानुपर्ने हुन्छ ।

 

You can share this post!

Total Share : 65.2 K Total Views : 459.3 K

प्रतिक्रिया