news-details

मनछुने भनाईहरु,

Total Share : 147.7 K Total Views : 1040.8 K

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. महान् जीवनका लागि महान् सपना आवश्यक छ ।

२. तपाईका महत्वकांक्षामाथि प्रहार गर्ने मान्छेदेखि टाढै बस्नुस्, कमजोर मान्छेहरू त्यस्तै गर्छन् । शक्तिशाली मान्छेहरू भने तपाईलाई पनि उनीहरू जस्तै बनाउन उत्प्रेरित गर्दछन् ।

३. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ 

४. हामी कसैले पनि भूतकाल बदल्न सक्दैन तर हामी सबैले आफ्नो भविष्य बदल्न सक्छौ ।

५. साना कुरामा भरोसा गर्नेहरूले सानै कुरामा जिन्दगी दिन्छन्, ठूला कुरामा भरोसा गर्नेहरूले ठूलै कुराको लागि जिन्दगी दिन्छन् ।

६. असफलताका दुइ कारण छन् – एक, कसैको सल्लाह नमान्नु र अर्को सबैको सल्लाह मान्नु ।

७. आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन ।

८. औसत मानिस भइ बाँच्नु घातक कार्य हो ।

९. जीवनकै सबभन्दा ठूलो प्रश्न यो छ कि तपाई महान् कार्य गर्ने निर्णय हृदय भित्रैबाट लिन सक्नुहुन्छ कि हुन्न ?

१०. लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान लक्ष्य बोकेर मर्नु महानता होइन र ?

तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

You can share this post!

Total Share : 147.7 K Total Views : 1040.8 K

प्रतिक्रिया