news-details

निर्वाचन आयोगले आज र भोलि मतदान स्थलमै मतदाता शिक्षा दिँदै

Total Share : 430 Total Views : 3 K

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा मतदान हुने अघिल्ला दुई नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराउन सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ ।

निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रम अन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदान स्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकामा मतदानको दिन ९वैशाख ३० गते० उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन ९वैशाख २८ र २९ गते० मतदान स्थलमा सम्बन्धित मतदान अधिकृतको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रहरूका वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ ।

निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्य टोली मतदान स्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकताअनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदान स्थलमा उपस्थित मतदातालाई नमुना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्ष रूपमा जानकारी दिने, मतदान गर्ने तरिकाबारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिह्नको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रवार बिहान ७ देखि अपराह्न ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया