news-details

गर्मीमा धुलोबाट कसरी बच्ने ?

Total Share : 645 Total Views : 4.5 K

काठमाडौं । गर्मीको समयमा केहीबेरमै काठमाडौंको सडक धुलाम्मे हुन्छन्। वर्षापछि उड्ने धूलोले त झन मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउँछ।

धूलोमा रहेको हानिकारक कणहरुलाई हाम्रो नाकले छान्न सक्दैन, जसले हाम्रो शरीरलाई तत्कालीन र दिर्घकालीन असरहरु गर्छ, त्यसैले धूलोबाट सकेसम्म बच्नुपर्छ।

धूलो उडिरहेको ठाउँमा निस्कदा विभिन्न रोगको खतरा हुने भएकाले सकेसम्म बाहिर ननिस्कनु नै उपयुक्त हुन्छ। तर कामकाजी मानिसहरु जति नै धुलो भएपनि बाहिर निस्किनै पर्ने हुन्छ। त्यसैले धूलो उड्ने ठाउमा निस्कँदा विशेष सावधानी अपनाउनुपर्छ।

 

धुलोबाट बच्न यस्तो गर्नुस्

– काम नपर्दा सकेसम्म बाहिर ननिस्कने,

– गुणस्तरीय मास्क लगाउने,

– आँखा पुरै छोपिने चस्मा लगाउने,

– बाहिर वा कामबाट घरमा फर्किएपछि हातखुट्टा राम्रोसँग सरसफाइ गर्ने,

– सकेसम्म घरमै बनाएको खाना खाने,

– शरीर पुरै छोपिने खालका कपडा लगाउने,

– बालबालिका, बृद्धबृद्धा, बिरामी तथा श्वासप्रश्वासका बिरामीले बाहिर हिड्दा विशेष ख्याल गर्ने।

You can share this post!

Total Share : 645 Total Views : 4.5 K

प्रतिक्रिया