news-details

चाउरीपना हटाउनदेखि तनावमूक्त बनाउनसम्म, यस्ता छन् दिनहुँ ओखर खानुका ५ फाईदा

Total Share : 688 Total Views : 4.8 K

काठमाडौं । ओखर नेपाली समाजमा स्वास्थ्यसँग मात्रै नभएर चाडपर्वसँग पनि सम्बन्धित छ ।
ओखर यस्तो फल हो, जो बहुउपयोगी छ । दैनिक जिवनमा ओखरको प्रयोग गर्ने हो भने हामीलाई निकै नै फाइदा हुन्छ भन्ने कुरा खुलस्त नै छ ।

१. मुटु स्वस्थ राख्न
एक दिनमा ३र४ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । किनभने ओखरले शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

२.औषधीका रुपमा
ओखरको नियमित सेवनले मधुमेहका बिरामीहरुका लागि औषधिको रुपमा पनि काम गर्छ ।

३. पाचनप्रक्रियालाई बलियो बनाउन
ओखरमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचनक्रियालाई बलियो बनाउँछ । ओखरको नियमित सेवनले कब्जियत सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै मृगौलामा पत्थरी हुनबाट समेत जोगाउँछ ।

४. चाउरीपना हटाउन
ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ, जसले छालाको चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ ।

५. तनावमूक्त हुन
ओखरको सेवनले मानसिक समस्या कम गर्नुका साथै तनावबाट मुक्ति मिल्छ । यसको नियमित सेवन गर्नाले मस्तिष्कलाई स्वस्थ बनाईराख्न मद्दत गर्छ ।

You can share this post!

Total Share : 688 Total Views : 4.8 K

प्रतिक्रिया