news-details

इस्कुल जान्छु टम् टम् टम्

Total Share : 559 Total Views : 3.9 K

 

 

उठ्छु, पढ्छु कपडा फेर्छु
सफा सुग्घर भई ऐना हेर्छु ।
टिफिनसाथको झोला भिर्छु
इस्कुल जान्छु टम् टम् टम् ।
(१)
थोरै खेल्छु, धेरै पढ्छु
पाठ नबिर्सी अघि अघि बढ्छु ।
नभई छाड्दिन म पनि फस्र्ट
कोभन्दा को छ र कम ?
स्कुल जान्छु टम् टम् टम् ।
(२)
हिजो पढेका पाठ नबिर्सूँ
भन्दै मनले सम्झिरहन्छु ।
पुस्तकहरुकन माया गर्छु
जतनसाथ अनि भिर्छु कलम
इस्कुल जान्छु टम् टम् टम् ।
(३)
‘नबुझिकनको सुगारटाई
कामै छैन’ गुरुहरु भन्छन् ।
पाठ नबुझ्ने लडकी भनाउन
लाग्छ मलाई औधि सरम !
स्कुल जान्छु टम् टम् टम् ।
         -युद्धप्रसाद मिश्र


                                                                       -बालकोसेलीबाट साभार ।

 

You can share this post!

Total Share : 559 Total Views : 3.9 K

प्रतिक्रिया