news-details

उडेलगत्तै विमान ह्यांगरसँग ठोक्कियो, आगलागी हुँदा १० को मृत्यु

Total Share : 2.7 K Total Views : 18.8 K

एजेन्सी - अमेरिकाको टेक्सासमा एउटा सानो विमान आइतबार बिहान दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा १० जनाको मृत्यु भएको छ । विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरिरहेको थियो तर अनियन्त्रित भएर ह्यांगरमा प्रवेश गर्यो । त्यसपछि विमानमा आगो लाग्यो । एडिशन शहरकी प्रवक्ता मेरी रोसेनलेथका अनुसार यो दुई इन्जिन भएको बीई–३५० किंग एयर विमान थियो जुन डलासबाट ३२ किलोमिटर टाढा एडिसन एयरपोर्टमा विमान ९ बजे दुर्घटनाको शिकार भयो ।

‘आगो लागेपछि ठूलो दुर्घटना भयो’
फेडेरल एभियशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार उडान भर्ने बेला नै विमान ह्यांगरसँग ठोक्किएको थियो । त्यसलगत्तै विमानमा आगो लाग्यो । स्थितीलाई नियन्त्रणमा ल्याउन धेरै समय लाग्यो जसमा विमान भित्रका सबै १० जनाको ज्यान गयो ।

You can share this post!

Total Share : 2.7 K Total Views : 18.8 K

प्रतिक्रिया