news-details

अमेरिकी विदेशमन्त्री भारतमा

Total Share : 430 Total Views : 3 K

नयाँदिल्ली - अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ भारत आएका भ्रमणमा आएका छन्। पोम्पेओ मंगलबार राति नयाँ दिल्ली ओर्लिएका हुन्। बुधबार बिहान उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेका छन्। दुई नेताहरूको भेटमा अमेरिका र भारतको सम्बन्धलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

पोम्पेओले बुधबार दिउँसो भारतीय समकक्षी एस जयशंकरसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम छ। गत महिना मोदी दोस्रो कार्यकालका लागि सत्तामा आएपछि पहिलो पटक अमेरिकी उच्च अधिकारी भारत भ्रमणमा आएका हुन्। पछिल्लो समय विश्वको छैठौं ठूलो अर्थतन्त्र भारत र अमेरिकाको व्यापार सम्बन्धमा तनाव छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई गत जुन पहिलो साता भन्सार छुटको सहुलियत (जिएसपी) पाउने मुलुकको सूचीबाट हटाएका थिए। अमेरिकी सामानलाई भारतीय बजारमा सहज पहुँच नदिएको र भारत अब जिएसपी पाउने विकासोन्मुख मुलुक नरहेको भन्दै अमेरिकाले भारतबाट आयात हुने सामानमा कर लगाएका थियो।

त्यसको जवाफमा भारतले हुने गरी आलमोन्ड, स्याउलगायत २८ अमेरिकी सामानमा कर बढाएको छ। अमेरिकाले अघि सारेको इन्डो एसिया प्यासेफिकको एउटा महत्वपूर्ण साझेदार भारतले आफूलाई जिएसपीको सूचीबाट हटाउने अमेरिकी कदम दुर्भाग्यपूर्ण भएको बताउँदै राष्ट्रिय स्वार्थको रक्षा गर्ने बताएको छ। भारतले अमेरिकालाई जिएसपीको सूचीबाट आफूलाई हटाउने निर्णय फिर्ता लिन अनुरोध गरेको थियो। तर भारतीय अनुरोध अमेरिकाले लत्याइदिए पछि भारतले अमेरिकी सामानमा ७० प्रतिशतसम्म कर बढाएको हो। अमेरिका र भारतबीच गत वर्ष १४२.१ अर्ब डलरको व्यापार भएको थियो। त्यसमध्ये जिएसपी मुलुकको हैसियतमा भारतले ५.६ अर्ब डलरका सामान बिनाकर अमेरिका पठाएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले इरानसँग तेल किन्ने र रूससँग एस-४०० एन्टी एयरक्राफ्ट मिसाइल किन्ने सम्झौता अघि बढाए भारतमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। शुक्रबारदेखि जापानको ओसाकामा हुने जी-२० राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच दुई पक्षीय सम्बन्धका विषयमा साइडलाइन वार्ता हुने तय भएको छ।

You can share this post!

Total Share : 430 Total Views : 3 K

प्रतिक्रिया