जीएसजीमा विभागको छापा



काठमाडौँ - वैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारको बायोमेट्रिक सुरक्षा जाँच गर्ने जीएसजी सर्भिस प्रालिको कार्यालयमा मंगलबार छापा मारेको छ । जीएसजीले सरकारको स्वीकृतिबिना मलेसिया जाने नयाँ कामदारको बायोमेट्रिक सुरक्षा जाँच गरिरहेको भन्ने सूचनाको आधारमा विभागले छापा मारेको हो । कामदारको सुरक्षा जाँच गरेपछि मात्रै भिसा प्रक्रिया सुरु हुन्छ ।

सरकारले मलेसियातर्फ नयाँ कामदारको श्रम स्वीकृतिको प्रक्रियालाई पूर्ण रूपमा रोकेको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले जनवरी १ देखि अहिलेसम्मको सबै रेकर्डहरू माग गरेको बताए । जीएसजीले काठमाडौंस्थित मलेसियन दूतावासको अनुमति लिएर मात्रै रेकर्डहरू हेर्न दिने भन्दै एक दिनको समय मागेको छ । प्रहरीका अनुसार कम्पनीका सञ्चालक गोविन्द थपोलिया फरार सूचीमा छन् । शक्ति केन्द्रको आडमा उनलाई पक्राउ गरिएको थिएन । गत कात्तिकमा श्रम सम्झौता भएपछि मात्रै यो कम्पनीले वैधानिकता पाएको थियो । सेवा दिएबापत कम्पनीले कामदारसँग ३२ सय शुल्क लिने गरेको थियो ।


about author
प्रतिक्रिया