भोडाफोनको नोक्सानी सात अर्ब युरोभन्दा बढी पुग्यो



लन्डन - बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको मङ्गलबार जनाएको छ । वित्तीय वर्ष सन् २०१८–२०१९ मा कम्पनीको नाफामा पनि कमी आएको भोडाफोनले जनाएको छ ।

 खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ ।  भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो । –एएफपी

 


 




about author
प्रतिक्रिया