ऋषिलाई भेट्न पुगिन् रणबीरकी पूर्व प्रेमिका दीपिका, नितु कपुरले दिइन् विशेष उपहार



एजेन्सी - न्यूयोर्कमा आयोजित मेट गालामा शानदार एन्ट्रीपछि दीपिका पादुकोण ऋषि कपुरलाई समेत भेट्न गइन् । दीपिका भेट्न जाँदा ऋषि कपुर नितु कपुर निकै खुसी थिए । भेटको तस्बिर नितुले सोसल मिडियामा सेयर पनि गरेकी छिन् । यो खुसीलाई नितु कपुर र रणबीर कपुरकी दिदी रिद्धिमाले विशेष तरिकाले व्यक्त गरे । वास्तवमा दीपिकालाई आमा नितु कपुर र रणबीरकी दिदी रिद्धिमाले एक विशेष ब्रासलेट उपहार दिइन् ।  नितु कपुरले पनि सोसल मिडियामा दीपिकासँग बिताएका तस्बिर सेयर गरेकी थिइन् ।

स्मरण रहोस्, ऋषि कपुर लामो समयदेखि न्यूयोर्कमा आफ्नो उपचार गराइरहेका छन् । उनलाई थुप्रै सेलिब्रिटी भेट्न गइरहन्छन् । उनलाई अनुपम खेर, करिश्मा कपुर, रणधीर कपुर, आमिर खानले भेटिरहन्छन् । केही दिन अघि फिल्म निर्माता राहुल रवेलले ऋषि कपुर क्यान्सरमुक्त भइसकेको जानकारी दिएका थिए ।


 




about author
प्रतिक्रिया