अमेरिकी अग्रसरतामा सिरियामा गोली चल्यो, ७ जनाको मृत्यु



दमास्कस– सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज (एसडीएफ) ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए । इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ ।

सिरियाली सरकारले हालैमात्र सिरियाको सबै भूभागलाई सिरिया सरकारको नियन्त्रणमा लिइने जनाएको थियो । एसडीएफ समेतका कुर्दिस समूहहरुलाई पनि सिरियालाई केन्द्रमा राख्न सरकारले आग्रह गरेको थियो । –एएफपी

 


about author
प्रतिक्रिया