हप्ताको दुई दिन छुट्टी लिन्छन् भुटानी प्रधानमन्त्रीः एक दिन बिरामीको उपचार गर्छन्, अर्को दिन परिवारका लागि



एजेन्सी - भुटान संसारको पहिलो देश हो जहाँ खुसी (ह्याप्पिनेस) लाई सरकारको लक्ष्यको रुपमा संविधानमा समावेश गरिएको छ । भुटानका नागरिकको तनावमुक्त र महत्वपूर्ण विषयलाई प्राथमिकता दिने बानी नै यसको मुख्य कारण मानिएको छ । सर्वसाधारणमात्र नभई भुटानका प्रधानमन्त्री लोते शेरिंग पनि यो कुराको ख्याल राख्छन् । त्यसकारण उनी ‘फाइभ डे अ विक’ को नीति अपनाउँछन् । दुई दिन छुट्टी लिएर उनी यस्तो काम गर्छन् जसले उनको मनलाई शान्त बनाउँछ ।

छुट्टीको एक दिन उनी आफ्नो डाक्टरी पेशालाई दिन्छन् । बिरामीको उपचार र शल्यक्रिया गर्छन् । बिहिबार पनि उनी केही समय निकालेर बिरामी र तालिममा भएका डाक्टर–नर्सलाई सल्लाह दिन्छन् । आफ्नो छुट्टीबारे प्रधानमन्त्री शेरिंग भन्छन्, ‘केही मानिसहरु छुट्टी हुँदा गोल्फ खेल्न मनपर्छ, केही मनोरञ्जनात्मक क्रियाकलापमा रमाउँछन् तर मैले जे गरिरहेको छु त्यसले मेरो तनाव कम गर्न सहयोग गरेको छ । म मेरो अन्तिम दिनसम्म पनि यही काम गर्न चाहन्छु ।’

आइतबार परिवारका लागिः

यतिमात्र होइन, आइतबारको दिन प्रधानमन्त्री शेरिंग आफ्नो परिवारलाई दिन्छन् । उनका अनुसार जीवनलाई सन्तुलनमा राख्न यो दुई दिन निकै महत्वपूर्ण छ । शेरिंग भन्छन्, ‘हप्ताको पाँच दिन सरकारमा बसेर नीतिको स्वास्थ्यमा निगरानी राख्छु भने छुट्टीको दिन अस्पतामा बिरामीको उपचार गर्छु ।’

खुसीले मापन गरिन्छ भुटानको विकासः

शेरिंग ११ वर्षअघि भुटानका प्रधानमन्त्री चुनिएका थिए । उनी सरकारमा आएदेखि नै देशले विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेको छ । यसमा मानिसहरुको खुसी बढाउनु र यसलाई मापन गर्ने इन्डेक्स बनाउनु पनि संलग्न छ । भुटान आफ्नो विकास आर्थिक रुपमा नभई खुसीले मापन गर्छ । भुटानको कानून अनुसार देशको ६० प्रतिशत हिस्सा जुनसुकै अवस्थामा जंगलले ढाकिएको हुनुपर्छ । यसबाहेक देशमा सुर्तीजन्य पदार्थको बिक्रिमा पनि प्रतिबन्ध छ । यद्यपी, भ्रष्टाचार र बेरोजगारी भूटानको बढ्दो समस्यामा संलग्न छ ।


 




about author
प्रतिक्रिया