सुनकोशीमा र्‍याफ्टिङ गरेर फर्किए दाहाल



काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल एक रात सुकुटे बीचमा आराम गरेर काठमाडौं फर्किएका छन्। बिहीबार दिउँसो सपरिवार सिन्धुपाल्चोकस्थित सुनकोशी किनारमा रहेको सुकुटेबीचमा पुगेका दाहाल शुक्रबार बिहान काठमाडौंमा फर्किएका छन्। 

आराम गर्न गएका दाहालले परिवारसँग हिजो सुनकोशीमा झन्डै तीन किलोमिटर र्‍याफ्टिङ गरेका थिए। दाहाल परिवारसँग सिन्धुपाल्चोक- १ का नेकपा सांसद अग्निप्रसाद सापकोटा पनि सहभागी थिए।

बिहीबार राति सुकुटेमै बिताएका दाहाल शुक्रबार बिहान नजिकैको जंगलसम्म मर्निङ वाकमा निस्केका थिए। बिहान साढे ९ बजे काठमाडौं फर्किएका दाहाल आजै गृहजिल्ला चितवन जाँदै छन्। भरतपुरमा हुन लागेको प्रदेश तीनको लगानी सम्मेलनको उद्घाटनमा सहभागी हुन दाहाल चितवन जान लागेको उनको सचिवालयले जनाएको छ।


about author
प्रतिक्रिया