प्रधानमन्त्री ओलीको बोलीलाई काउन्टर दिन काँग्रेसले पत्रकार सम्मेलन गर्दै



काठमाडौं -  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ०७५ सालको वार्षिक समीक्षाका साथै समसामयिक विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यलय सानेपामा दिउँसो ३ः १५ बजे पत्रकार सम्मेलन गर्न लागिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई जानकारी दिए । 

उनले भने, ‘आजको पत्रकार सम्मेलन देशको समसामयिक विविध विषयमा नै हो । प्रधानमन्त्री ज्यूले पनि आफूले एक वर्ष गरेका कामको फेहरिस्त सुनाउनुभएको छ । काँग्रेसले पनि सरकारको एक वर्षको कामबारे आफ्नो धारणा सार्वजनिक गर्छ ।’ 

प्रवक्ता शर्माका अनुसार काँग्रेसले २०७६ साललाई राष्ट्रिय जागरण अभियानको वर्षका रुपमा अगाडि बढ्ने विषयमा पनि जानकारी गराइने छ ।


about author
प्रतिक्रिया