यु–१९ विश्वकप छनौट : ९२ रनमा समेटियो मलेसिया



काठमाडौं - आईसीसी यु–१९ विश्वकप छनौट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले मलेसियाको सामना गरिरहेको छ । क्वाललम्पुरमा जारी खेलमा नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो । नेपाली बलरहरुले घातक बलिङ गर्दै मलेसियालाई मात्र ९२ रनमा समेटेको छ । नेपालका लागि पवन शरार्फ र कुशल मल्लले ३–३ विकेट लिए भने कमल सिंहले २ विकेट लिए ।

त्यस्तै सागर ढकालले १ विकेट लिए । मलेसियाका लागि इजात ड्यानियल फिक्रीले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ रन बनाए । दुई खेल खेलेको नेपालले एक खेलमा जीत र एकमा हार बेहोर्दै २ अंकसहित तेस्रो तालिकाको तेस्रो स्थानमा रहेको छ ।


about author
प्रतिक्रिया