कांग्रेस प्रशिक्षण प्रतिष्ठानमा आरजु देउवासहित ३८ मनोनित



काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ जनालाई सदस्य मनोनित गरेको छ।

उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यमा पार्टी नेतृ देउवासहित ३८ जनालाई मनोनित गरेका हुन्।


about author
प्रतिक्रिया