आठौं राष्ट्रिय खेलकुद : यादवको विजय यात्रा निरन्तर



कपिलवस्तु - सागका पदकधारी सरोजकुमार यादवले ६५ केजी तौल समूहमा विजयी यात्रालाई निरन्तरता दिएका छन् । उनले बिहीबार ३ नं. प्रदेशका शैलेन्द्रकुमार यादवलाई पराजित गरे । यसअघि बुधबार उनले प्रदेश नं. ७ का कैलाश ठगुन्नालाई पराजित गरेका थिए । २ नं प्रदेशका उनी १२ औं सागका कांस्य पदक विजेता हुन् । कपिलवस्तुको वाणगंगा नगरपालिका बुङीस्थित सिद्धार्थ क्याम्पसको सभाहलमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत १४ औं राष्ट्रिय कुस्ती प्रतियोगिताको बिहीबारको खेलमा ५० किलो तौल समूहमा ७ नम्बर प्रदेशकी मनीषा सिंह विजयी भइन् । उनले ५ नं. प्रदेशकी सविता श्रेष्ठलाई पराजित गरिन् । ५० किलो तौल समूहमा त्रिभुवन आर्मी क्लबकी लक्ष्मी तामाङ विजयी भइन् । उनले १ नं। प्रदेशकी रत्ना राजवंशीलाई पराजित गरिन् । ५३ केजीमा ७ नं प्रदेशकी शिवाङग दुवले १ नं प्रदेशकी राधाकुमारी खत्वेलाई र ५८ केजीमा ७ नम्बर प्रदेशकी संगिता धामीले ५ नं प्रदेशकी सपना श्रेष्ठलाई पराजित गरिन् ।


५९ केजी समूहमा त्रिभुवन आर्मी क्लबकी कल्पना थिङले ७ नं प्रदेशकी अम्बिका भण्डारीलाई, ६० केजीमा ५ नं प्रदेशका सृजना चन्दले १ नं प्रदेशकी उषा राजवंशीलाई, ६१ केजीमा ७ नं प्रदेशकी कोमल खत्रीले १ नं प्रदेशकी लक्ष्मी उरावलाई र ६५ केजीमा त्रिभुवन आर्मी क्लबकी सुमित्रा मगरले १ नं प्रदेशकी प्रियंका तामाङ पराजित गरिन् । ६८ केजी समूहमा ७ नम्बर प्रदेशकी विमला सुनारले नेपाल प्रहरीकी निर्मला जागरीलाई, ६८ केजी समूहमै ५ नं प्रदेशकी शान्ति चौधरीले १ नं प्रदेशकी रेणुका राजवंशीलाई, ७२ केजीमा नेपाल प्रहरीकी रेशा रावतले ५ नं। प्रदेशकी ममता कहारलाई, ७२ केजीमा ७ नं। प्रदेशकी लक्ष्मी खत्रीले १ नं प्रदेशकी सदिच्छा राईलाई, ७६ केजीमा ५ नं प्रदेशकी लक्ष्मी डिसीले नेपाल प्रहरीकी पुजा विकलाई, ७६ केजीमै १ नं प्रदेशकी सृजना गिरीले ३ नं। प्रदेशकी सवनम पाण्डेलाई, ९२ केजीमा ५ नं प्रदेशका कमरुद्दिन मियाले त्रिभुवन आर्मी क्लबका राजेश गोलेलाई, ९२ केजीमै २ नं। प्रदेशका सुमिर साहले नेपाल प्रहरीका सागरकुमार यादवलाई, ९७ केजीमा नेपाल प्रहरीका श्याम पटेलले १ नं। प्रदेशका विवश दियालीलाई, १ सय २५ केजीमा ५ नं प्रदेशका इकवाल राईले १ नं प्रदेशका इन्द्रकुमार राजवंशीलाई पराजित गरे ।


५ वा ५ भन्दा कम खेलाडी प्रतिस्पर्धामा भए लिगका आधारमा कुस्ती खेलाइन्छ । ६ भन्दा बढी भए नकआउटका आधारमा खेलाइएको कुस्तीका प्रमुख प्रशिक्षक मुमताजअली इद्रिसीले बताए । बिहीबार बिहान २३ प्रतिस्पर्धा गराइएको थियो । त्यस्तै साँझ ३२ प्रतिस्पर्धा गराइएको थियो । बुधबार विभिन्न तौल समूहमा पुरुष र महिलाका ५४ वटा प्रतिस्पर्धा भएका थिए । शुक्रबार बिहानबाट फाइनल चरणको खेल हुनेछ । प्रतियोगितामा ६६ पुरुष र ३६ महिला सहभागी छन् । ६ वटा प्रदेश, आर्मी र प्रहरीको विभागिय टिम पनि सहभागी छ । ४ नं प्रदेश भने सहभागी भएको छैन ।


अव्यवस्थित माहोल


‘कुस्ती खेलाइएको ठाउँ साँघुरो र अँध्यारो छ । कुस्तीका खेलाडीलाई दर्शकको उत्साह र समर्थन चाहिन्छ । त्यसपछि कुस्तीवाज अझ उत्साहित भएर लडछन् । यसको छुट्टै आनन्द आउँछ,’ कुस्ती संघका उपाध्यक्ष प्रकाश शर्माले भने, ‘तर यहा दर्शकै आउँदैनन् । प्रचारप्रसार पनि छैन । दर्शकभन्दा धेरै त खेलाडी छन् ।’ खेलाडीलाई प्रदान गरिने दैनिक भत्ता १ हजार ४ सय निकै कम भएको गुनासो उनीहरूको छ । खानेबस्ने, यातायातमा खर्च सकिएको उनले जनाए । खानेबस्ने ठाउँ पनि उस्तै अस्तव्यस्त भएको आरोप उनको छ । ‘एउटा कोठमा ८र१० खेलाडी कोचिएर बस्नुपरेको छ । यसरी कुस्ती खेलको विकास हुन धेरै समय लाग्छ । खेलाडीको मनोबल खस्छ । पलायन हुन्छन् । कुस्ती ओझेलमा पर्छ,’ शर्माले गुनासो पोखे ।मनोज पौडेल




about author
प्रतिक्रिया