सशस्त्र र सेनालाई स्वर्ण



रूपन्देही - आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार बुटवलमा भएको लन टेनिसको टिम इभेन्टमा विभागीय टोलीले स्वर्ण पदक जितेको छ ।फाइनल खेलमा पुरुष टिम इभेन्टतर्फ नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै स्वर्ण हात पार्‍यो । एनआरएन र प्रदेश ४ ले कास्य पदक जितेको छन् । महिला टिम इभेन्टतर्फ आर्मीले एपीएफलाई २–१ ले पराजित गर्दै स्वर्ण पदक जितेको छ । प्रदेश ३ र ४ ले कांस्य जितेका छन् ।

पुरुष सिंगलतर्फ भीष्म काउछाले ७–५, ३–६ र ७–६ को सेटमा सन्जय श्रेष्ठलाई हराए । संरक्षक भूषण बज्राचार्यले दावा सोनाम शेर्पालाई ६–३ र ६–१ को सोझो सेटमा हराए । नवीन मगरले इवेक जोशीलाई पनि ६–१, ६–१ ले सम्यक भूषण बज्राचार्यले निशान श्रेष्ठलाई ६–०, ६–० को सोझो सेटमा हराए । विजेता सबै क्वाटरफाइनल प्रवेश गरेका छन् । महिला खुल्लातर्फ प्रेरणा कोइरालाले एनी माथेमालाई ६–२, ६–२ र रायना शाहाले श्रृया भट्टराईलाई ६–१, ६–१ को सोझो सेटमै हराई सेमिफाइनल पुगेका छन् ।

पुरुष डबलतर्फमा रामबहादुर विक र शेषमणि चौधरीले निशान श्रेष्ठ र कुमार जिसीलाई ७–५, ३–६ र १०–६ ले, चन्द्र थापा र विकास खडकाको जोडीले कृष्ण गोविन्द र शिवराम मगरलाई ६–१, ६–१ ले हराए । संरक्षक भूषण बज्राचार्य र अमृत पौडेलको जोडीले भीष्म काउछा र सन्जय श्रेष्ठको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमै हराएर क्वाटरफाइनल पुगेका छन् । मिक्स डबलतर्फ अनिल शाही र गंगा शर्माको जोडीले आत्मराम कार्की र इन्द्रकला श्रेष्ठको जोडीलाई ६–० र ६–२ ले प्रवण खनाल र अभिलाषा विष्टले गोविन्द नेपाली र विमला बस्याललाई ६–१ र ६–२ मै हराए । आईभोन लिसानोभिच र अश्लेषा लिसानोभिचको जोडीले निशान श्रेष्ठ र अल्सा रेश्मीको जोडीलाई ६–३ र ६–० को सोझो सेटमै हराएर तीनवटै जोडी क्वाटरफाइनल प्रवेश गरेका छन् ।घनश्याम गौतम


about author
प्रतिक्रिया