वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु, शनिबार र नयाँ वर्षमा बैंक बन्द नहुने



काठमाडौं–वैशाख १ गतेदेखि सबै नेपालीको बैंक खाता अभियान शुरु हुने भएको छ । सरकारले बजेटमा सबै नेपालीको बैंक खाताको योजना लिएको थियो । सोही बजेट कार्यान्वयनका लागि सबै नेपालीको बैक खाता अभियान शुरु गर्न लागिएको हो । यसरी बैंक खाता खोल्दा सम्बन्धित बैंकले नै १०० रुपैयाँ जम्मा गरिदिने छ । खोलौ बैंक खाता अभियान २०७६ अन्र्तगत खोलिएका खातामा बैंक तथा वित्तिय संस्थाले १०० रुपैयाँसम्म जम्मा गर्न सक्ने भएका हुन् ।

सरकारले बजेटमा गरेको व्यवस्था अनुसार सबै नेपालीको बैंक खाता बनाउने लक्ष्यलाई कार्यान्वयन गर्न  केन्द्रीय बैंकले यसअघि नै वैक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ। यसैगरी ग्राकह पहिचानमा सरल फारम बनाउन पनि केन्द्रीय बैकले निर्देशन दिएको छ । यस व्यवस्था अनुसार खोलिएको खातामा वार्षिक १ लाखसम्मको सीमा हुनेछ । यस्तै शनिवार (चैत ३०) राजस्व बुझ्ने बैंकका काउन्टर खुला राख्नपनि केन्द्रिय बैंकले निर्देशन दिएको  छ । 

अर्थमन्त्रालयको आग्रहमा केन्द्रिय बैंकले शनिबार काउन्टर खुला राख्न भनेको हो । यता बाणिज्य बैंकहरुले बैशाख १ गते पनि बैंक खुला राख्ने भएका छन् । उनीहरुले सरकारले लिएको सबै नेपालीको बैंक खाता अभियानलाई सघाउन १ गते बैंक खुला राख्ने निर्णय गरेका हुन् ।


about author
प्रतिक्रिया