संगीतकर्मी थुलुङको निधन



पोखरा - पोखरेली संगीतकर्मी श्रीमान थुलुङको दुर्घटनामा निधन भएको छ । बुधवार बेलुकी करिब साढे ९ बजे पोखरा-१२ शितलादेवीमा भएको स्कुटर दुर्घटनामा उनको ज्यान गएको हो । उनले चलाएको ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर उनी नहरमा खसेका थिए। पानीको भेलले बगाएको एक घण्टापछि उनलाई कुँडहरको दुई कुलाको मुहानमा फेला पारेको थियो। लगत्तै उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिए पनि त्यहाँ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। बिहीबार दिउँसो शवको पोस्टमार्टमपछि उनको अन्तिम संस्कार गरिने भएको छ।

संगीत संयोजन, प्रशिक्षण र सांगीतिक कार्याक्रम आयोजनामा सक्रिय ५० वर्षीय थुलुङको निधनले पोखरेली संगीतकर्मी स्तब्ध र शोकमा छन्। सोलुखुम्बुको सल्यान नेचा(३ बाट पोखरा आएका उनले सुरुमा संगीत प्रशिक्षण लिएका थिए। त्यसयता उनी प्रशिक्षण केन्द्र सञ्चालन, सांगीतिक कार्यक्रम आयोजना र नयाँ प्रतिभाको खोजी गर्ने काममा सक्रिय थिए। उनले सञ्चालन गरेको तराना म्युजिक सेन्टरले वर्षेनी नयाँ प्रतिभाका लागि सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएको छ। उनले दर्जनौ गीतमा संगीत दिएका छन्।

थुलुङ मिलनसार र आफ्नो क्षेत्रमा क्रियाशील व्यक्तित्व भएको संस्कृतिकर्मी तीर्थ श्रेष्ठले बताए। ुपोखरामा रहेर उनको सक्रियता आफ्नै प्रकारको थियो,ु उनले भने, ुथुलुङको निधनले पोखराको सांगीतिक क्षेत्रमा अपुरणीय क्षति भएको छ। संगीतकर्मी रामभक्त जोजिजुले गाउने, गीतलाई धुनबद्ध गर्ने र नयाँ प्रतिभाको खोजी गरेर मञ्च दिने काम गर्दै आएका थुलुङको असामयिक निधनले पोखरेली सांगीतिक फाँटको बलियो स्तम्भ ढलेको बताए। सँगै एल्बम गरेका अनुराग अधिकारीले थुलुङको क्रियाशीलता सबैका लागि प्रेरक रहेको बताए। थुलुङका पाँच छोरीहरू छन्। कान्छी छोरी स्मृति राइ युवा पुस्तामाझ उदीयमान गयिकाका रूपमा छिन्।भीम घिमिरे


about author
प्रतिक्रिया