नेविसंघले सरकारविरुद्ध खबरदारी सभा गर्ने



काठमाडौं - नेपाली कॉंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको पछिल्लो गतिविधिको विरोधमा खबरदारी सभा गर्ने भएको छ । दुई तिहाइको सरकार प्रतिपक्षको कुरै नसुनी पेलेर जान खोजेकाले शनिबार राजधानीको बाल्मिकी विद्यापीठमा खबरदारी सभा गर्न लागिएको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए । 

सरकार एकलौटी ढंगले अघि बढिरहँदा प्रतिपक्षी दल कांग्रेस समेत निरिह देखिनु दुखद भएको भन्दै पार्टी नेतृत्वलाई समेत सशक्त बनेर प्रतिरोध गर्न दवाव दिने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ । 


about author
प्रतिक्रिया