​मोदी फेरि प्रधानमन्त्री बन्नु पाकिस्तानका लागि राम्रो: इमरान खान



इस्लामावाद - पाकिस्तान प्रधानमन्त्री इमरान खानले भारतीय समकक्षी नरेन्द्र मोदी दोस्रो पटक प्रधानमन्त्री बन्नु पाकिस्तानका लागि फाइदा हुने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका संवाददाताहरूसँग कुरा गर्दै खानले चुनावअघि र पछिका मोदीमा फरक हुने भएकाले उनी फेरि प्रधानमन्त्री बने कस्मिरबारे भारतसँग शान्ति वार्ता हुने बताए।

अहिलेको प्रमुख प्रतिपक्षी कंग्रेस आई सत्तामा आए दक्षिणपन्थी दलहरूको डरले कस्मिरका विषयमा उसले पाकिस्तानसँग वार्ता नगर्ने खानको दाबी छ। ‘भाजपा आफैं दक्षिणपन्थी पार्टी हो। यदि उसले चुनाव जितेमा पाकिस्तानसँग वार्ता गर्न सक्छ। यद्दपी मोदीको भारतमा मुसलमानले आफूलाई पूर्णरूपमा अलगथलग महशुस गरिरहेका छन्,’ खानले भने। भारतमा भोलिदेखि लोक सभाको चुनाव हुँदैछ। सात चरणमा हुने चुनाव जुन ११ मा सकिनेछ।



 


about author
प्रतिक्रिया