बन्दुक हमलापछि तेश्रो टेस्ट नखेली फर्कियो बंगलादेशी क्रिकेट टोली



न्यूजिल्याण्डमा भएको बन्दुक हमलाबाट बचेको बंगलादेशको क्रिकेट टोली स्वदेश फर्किएको छ। क्राइस्टचर्चस्थित मस्जिदमा भएको बन्दुक हमलाबाट भाग्यले बाँचेको बंगलादेशी टोली शनिबार देश फर्केको हो।

बगंलादेशको टोलीलाई उनीहरू बसेको होटलबाट विमानस्थालसम्म कडा सुरक्षाका बीच फर्किएको थियो। उनीहरू शनिबार न्यूजल्याण्डविरूद्ध तेश्रो तथा अन्तिम टेस्ट खेल्नेवाला थिए तर मस्जिद अल नुर मस्जिदमा गोलबारी भएपछि अन्तिम खेल नखेली टोली फर्किएको हो।

एक स्वेत अतिबादीले गरेको बन्दुक हमलामा करिब ४९ मानिसहरूले ज्यान गुमाएका छन्। बंगाली टोली सो समय त्यो मस्जिदमा आफ्नो नियमित नमाज पढ्ना जाँदै थियो। तर उनीहरू मस्जिद प्रवेश गर्नुअगाडी नै सो हमला भएपछि उनीहरू त्यस घटनाबाट बच्न पुगेका थिए।

सो हमलाको क्रिकेट जगतले कडा निन्दा गरेको छ। बारतीय क्रिकेट कप्तानले सो हमला हैरान बनाउने र दर्दनाक भएको प्रतिक्रिया दिएका छन्। सो घटनामा करिब २० मानिसहरू गम्भिर घाइतेसमेत भएका छन्।

सो हमला एक चमपन्ति अस्ट्रियाईले गरेको प्राम्भिक अनुसन्धानबाट देखिइसकेको छ। सो घटनाको ती बन्दुकधारीले लाईभ स्ट्रिमसमेत गरेका थिए।


about author
प्रतिक्रिया