म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



काठमाडौँ - युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले जर्मनीको शाल्केलाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सिटीले गएराती भएको दोस्रो लिगमा शाल्केलाई ७-० ले पराजित गर्दै समग्रमा १०-२ को नतिजासहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

सिटीको फराकिलो जितमा सर्जियो अग्युरोले २ गोल गरे भने गाब्रियल जिसस, रहिम स्टरलिङ, बेर्नार्डो सिल्भा, लिरोय साने र फिलिप फोडेनले एक एक गोल गरेका थिए । खेलको पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल गरेको थियो ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको यस सिजनको क्वाटरफाइनलमा पुने तेस्रो प्रिमियर लिग क्लब रहेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र टोटनह्याम क्वाटरफाइनलमा पुगिसकेका छन् । क्वाटरफाइनलमा पुग्ने अन्य टिममा युभेन्टस, पोर्टो र एजाक्स रहेका छन् ।  

 


about author
प्रतिक्रिया