साफ महिला फुटबल :आज भारत र माल्दिभ्स भिड्दै



काठमाडौँ - विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनसीपको दोस्रो खेलमा आज समुह बी अन्तर्गतका भारत र माल्दिभ्स प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगिताको उपाधी दाबेदार राष्ट्र मानिएको भारतले आफ्नो पहिलो खेल खेल्दै छ । विराटनगरको शहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुनेछ । 

यसअघि मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।

पाँचौ साफ महिला फुटबल प्रतियोगिता आगामी चैत ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा सार्क देश पाकिस्तान भने सहभागी भएको छैन ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भूटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र मालदिभ्स रहको छ ।

प्रतियोगितामा फागुन ३० गते भुटान र बंगलादेश, चैत्र १ गते माल्दिभ्स र श्रीलंका, चैत्र २ गते नेपाल र बंगलादेशबीच खेल हुने छ । त्यस्तै समुह चरणको अन्तिम खेल चैत्र ३ गते श्रीलंका र भारतबीच खेल हुने छ ।

त्यस्तै चैत्र ६ गते दुवै सेमिफाइनल खेल हुने छन् भने चैत्र ८ गते प्रतियोगिताको फाइनल खेल हुने छ । समुह चरणका सबै खेल अपराह्न ३ बजे हुने छ


about author
प्रतिक्रिया