श्रीमान श्रीमतीमा झगडा गर्नु राम्रो हो ? किन हुन्छ झगडा ? हेर्नुस



झगडा शब्द आफैंमा नराम्रो र दुखदायी शब्द हो । यसले राम्रो संकेत पट्कै गदैन तर एक पछि अर्को गर्दै झगडाको मेलो भने बन्ने गरेको छ मानवीय जीवनमा,

आखिर दुई दिनको जिन्दगीमा झगडा गर्नुको औचित्य त छैन् तर अनायश्यै आउने गर्न झगडा ।

जंगली युगदेखि गुङ्गे युग हुर्दै आधुनिक युग सम्म आइपुग्दा समेत झगडाले मानवलाई छाड्न सकेको छैन् ।

किन नसकेको हो आखिर मानिसले झगडालाई कि झगडाले मानिसलाई नछाडेको हो । यो कुरा बुझन् धेरै गाह्रो रहेको छ ।

श्रीमान श्रीमती हुनु अघि एक प्रेमीप्रेमीका भएर बिताउदा जुनको तारा खसालेर ल्याउने प्रेमीले बिवहा पश्चात ति बाचा र बन्धन र्बिसन्छन् भने प्रेमीका अर्थात श्रीमतीले पनि बिगतलाई सम्झेर रमाइलो गर्ने इच्छा ब्यक्त गरेर उनीहरु बिच खट्पट सुरु हुनु स्वभाविकै हो ।

यसले परिवारका सबै छिमेकी, समाज मात्र नभएर देशलाई नै आघात पुर्याइरहेको छ ।

यसको बेलैमा समाधान गर्न नसक्ने हो भने भोलि प्रत्येक घरमा झगडाले बास बस्ने छ अनि हरेक परिवार दुखी बन्नुको विकल्प हुने छैन् त्यसैले झगडा गर्नु पूर्व आफूले कतै गल्ती त गरिन एक पटक सोच्ने की रु

के झगडा गर्नु राम्रो हो रु तपाई आफै सोच्नु त, झगडाले आफ्नो इज्जत कहां पुर्याउ छ अनि यसले निरन्तरता पाइरहने हो भने मानवीय क्षति नै नहोला भन्न सकिन्न त्यसैले प्रत्येक परिवार, समाज, श्रीमान श्रीमती सबैले आफ्ना गल्तीलाई स्वीकार गर्दै सुध्रने हो की ।

सोचे जस्तो हुन्न जीवन भन्ने गित आज पनि उत्तिकै सान्दर्भिक रहेको अवस्थामा आधुनिक युगमा पुग्दा समेत धेरै कुरा बुझन आवश्यक छ ।

विज्ञानले विभिन्न तथ्यहरुको खोज र अनुसन्धान गर्दै नाप्न सके पनि मान्छेको मनलाई भने हाल सम्म नाप्न सकेको छैन् । त्यसैले होल कसको मनमा के छ के छ त्यो बुझ्न गाह्रो छ ।

त्यस्तै दाजुभाई बिच पनि थुप्रै समानता मिले पनि धेरै कुरामा असमानता हुन्छ ।

परिवारमा मिलेर बसेका धेरै दाजुभाई बैवाहीक जीवनको यात्रु सुरु गरेपछि शत्रुमा रुपान्तरण हुने गरेका ज्वलन्त उदाहरणहरु हाम्रा समाजमा र्छलङग रहेका छन् ।

झगडाले उग्ररुप लिएर धेरै स्थानमा मानवले मानवको हत्या तथा कुटपिट गर्ने सम्मका घटनाहरु हुने गरेका छन् ।

श्रीमान श्रीमती देखि छिमेकी सम्मको झगडाले समाजलाई मात्र होइन राष्ट्रलाई समेत असर पारी रहेका कुरा हामी सबैले बुझन सक्ने हो भने घर झगडा घट्ने थियो भने आपसी सम्बन्ध समेत सुमधुर रहने कुरामा दकसैको पनि दुईमत नहोला ।

मानवीय जीवन जिउन यो संसारमा आएका हामी जन्मदा समेत नङगै आयौं भने मृत्यु हुदां समेत नाङगै जाने छौं ।

अनि सानो कुरामा किन आ आफ्नो स्वार्थको बहानामा झगडा गर्नु त्यसैले स्वार्थ रहित कार्य गरेर झगडाको र्निमूल गर्ने हो की ।


about author
प्रतिक्रिया