नेपाल सरकारले भन्यो लिपुलेक र कालापानी हाम्रो हो, कसैंले खोस्न सक्दैन



काठमाडौं -  पछिल्ला केही वर्षहरुमा नेपाली भूभाग भारतले आफ्नो कब्जामा लिएको चर्चा हुने गरेको छ । नेपालमा पनि नेपालको सीमा खुम्चिदैं जाँदा सरकार रमिते मात्र बनेको भन्दै आलोचना नभएकोपनि हैन । विशेष रुपमा नेपालको लिपुलेक र कालापानी विशेष चर्चामा रहेका क्षेत्रहरु हुन् ।लिपुलेकलाई भारत र यी दुई देशले व्यापारिक नाका बनाउँन लागेको खुलेको छ ।

अर्को तिर कालापानी पनि भारतीय कब्जामा रहेको छ । यो बिचमा अहिले नेपालमा दुई तिहाई नेतृत्वको कम्युनिष्ट सरकार रहेको छ । यो भन्दा पहिले नाकाबन्दीका समयमा भारतसँग कडा रुपमा प्रस्तुत हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली फेरि सरकारमा आएपछि भारत आत्तिएको विश्लेषण हुने गरेको छ ।भारतले मिचेको भनिएको भूभागलाई सरकारले नेपालको नक्सामा देखाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको संघीय संरचना बमोजिम आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरेको हो । नापी विभागले तयार पारेको नेपालको नक्सा मन्त्रालयले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको थियो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा रिबन काटेर सार्वजनिक गर्नुभएको थियो ।

त्यस अवसरमा नक्साबारे जानकारी दिँदै नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्न प्रदेशहरूको नामाकरणले ढिलाइ भएको जानकारी दिनुभयो । प्रदेशहरूको नामाकरण नसकिएकाले मन्त्री अर्यालको निर्देशनमा हाललाई ३ वटा प्रदेशको मात्र नामाकरणसहितको नक्सा प्रकाशन गरिएको महानिर्देशक भट्टले जानकारी दिनुभयो ।नक्सामा सातवटै प्रदेश, जिल्ला, सदरमुकाम, प्रमुख राजमार्ग, शहरहरू, सिमाहरू, निकुञ्ज, नदी र प्रमुख ठाउँ उल्लेख गरिएको छ ।

नेपाली भाषामा प्रकाशन गरिएको नक्सामा पालिकाहरू पनि उल्लेख नगरिएको महानिर्देशन भट्टले बताउनुभयो ।क्रमशः प्रदेश, जिल्ला र पालिकाहरूको नक्सा सार्वजनिक गरिने विभागले जानकारी दिएको छ । नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि लिपुलेक र कालापानी क्षेत्र भारतमा पर्छ भन्नेहरुलाई गत्तिलो प्रहार भएको छ । किनकी उक्त नक्सामा नेपालमा नै रहेको तथ्यसहित प्रस्तुत गरिएको छ ।


about author
प्रतिक्रिया