यसकारण अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने



काठमाडौँ - दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ ९अप्रिल १० देखि २०७६ असार १५ गते ९जुन ३०० सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको एक मात्र ३ हजार ५० मिटर ९१० हजार ७ फिट० लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बजे मात्रै सुचारु गरिनेछ । राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ ।

‘हाल भइरहेको उडानमध्ये १५–२० प्रतिशत कटौती हुने देखिन्छ ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भन्नुभयो । हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुन्छन् ।


about author
प्रतिक्रिया