इमरान खानको पक्ष लिदैं भारत-पाकिस्तान तनावबारे फेरि बोल्यो चीन !



बेइजिङ - चीनले भारत र पाकिस्तानबीच सकारात्मक भावना देखा पर्दै जानेमा आफू पूर्णतया आशावादी रहेको बताएको छ । चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा भारत र पाकिस्तान वार्तामार्फत् विद्यमान मतभेदको समाधान गरेर सम्बन्धलाई सुमधुर बनाएर जानु राम्रो भएको बताउनुभयो । पाकिस्तानी विदेश मन्त्रालयले बुधबार भारतका लागि पाकिस्तानी उच्च विशेषज्ञले पदभार सम्हाल्नका लागि चाँडै नयाँ दिल्ली फर्कने जनाएको छ ।

साथै पाकिस्तान तथा भारतले पाकिस्तान–भारत सीमा क्षेत्र कर्तापुर करिडोरबारे छलफल गर्न मार्च १४ र २८ तारिख एक–अर्कातर्फ प्रतिनिधि मण्डल पठाउने तयारी भइरहेको आफूले जानकारी पाएको लुले बताउनुभयो ।

पाकिस्तानले भारतसँग उच्चस्तरीय सम्पर्क राख्दै जाने इच्छा पनि व्यक्त गरेको छ । “पाकिस्तान र भारत अन्यत्र सार्न नहुने छिमेकी हुन् र आपसमा छिपेकीपना दुवै पक्षको आधारभूत हितसँग अनुकूल छ,” पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै प्रवक्ता लु खाङले भन्नुभयो । “चीनले यी दुई पक्षबीचको वार्ताका लागि आवश्यक परे रचनात्मक भूमिका निर्वाह गर्दै जानेछ ।” एएफपी


about author
प्रतिक्रिया