के सलमान खानकी पुर्व बुहारी मलाइका बिबाह गर्दैछिन !



मुम्बई - बलिउड अभिनेत्री मलाइका अरोडा र अभिनेता अर्जुन कपुर लगातार चर्चामा रहेका छन् । प्रेम सम्बन्ध हुँदै अहिले उनीहरूले बिहे गर्न लागेको हल्ला चलिरहेको छ । हालै अर्जुनले सामाजिक सञ्जालमा एक फोटो सार्वजनिक गरे, जसले गर्दा उनीहरूबारे चलिरहेको हल्ला लाई थप बल पुगेको छ । अर्जुनले चर्चित फेसन डिजाइनर मनीष मल्होत्राको डिजाइनमा बनेको कपडा लगाएर क्याप्सन लेखेका छन्, ‘सिम्पल र क्लासी राखेकोमा धन्यवाद मल्होत्रा ।’ अर्जुनले एकै ड्रेसमा विभिन्न पोजमा फोटोहरू पोस्ट गरेका छन् ।

अर्जुनले फोटोहरू त्योवेला पोस्ट गरे, जतिवेला मलाइका र उनको अप्रिलमा विवाह हुने हल्ला चलेको थियो । यस्तोमा अर्जुनका फोटाहरूले केही संकेत गरेको आंकलन गरिएको छ । केही दिन पहिले अर्जुन र मलाइका मुम्बई एयरपोर्टमा सँगै देखिएका थिए । उनीहरू आकाश अम्बानीको प्रि–वेडिङ सेलिब्रेसनमा सहभागी हुन सँगै स्विटजरल्यान्ड गएका थिए ।

विदेशबाट उनीहरूको केही फोटो पनि सार्वजनिक भएको थियो । दुवै सँगै स्विटजरल्यान्ड गएपछि उनीहरूको विवाहको हल्ला चलेको थियो । डेक्कन क्रनिकलको रिपोर्टअनुसार उनीहरू निजी तवरले क्रिस्चियन रीतिअनुसार विवाह गर्न तयारीमा छन् । उनीहरू आफूहरूको बिहेमा नजिकका साथीभाइ र आफन्त मात्र सहभागी गराउन चाहन्छन् । तर, मलाइका र अर्जुनले अहिलेसम्म आफ्नो सम्बन्धलाई आधिकारिक रूपमा पुष्टि भने गरेका छैनन् । एजेन्सी


about author
प्रतिक्रिया