news-details

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

Total Share : 1.2 K Total Views : 8.2 K

सिद्धार्थनगर,साउन ९ गते । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल मजुवा स्थित तिनाउ नदिका बिचमा दाउरा खोज्न र माछा मार्न गएका पाखा पानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाश नगरका जनक घर्तीलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो । 

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। उहाँले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताउनुभयो । नदिकिनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

You can share this post!

Total Share : 1.2 K Total Views : 8.2 K

प्रतिक्रिया