news-details

त्रिविका १ सय ७५ क्याम्पस खारेजीको प्रक्रियामा

Total Share : 1.8 K Total Views : 12.4 K

क्याम्पस समायोजनका लागि असार मसान्तसम्म आवेदन दिन आह्वान गरिएको थियो । ४ वटा क्याम्पस समायोजन भइसकेको उनले जनाए । ‘केही आवेदनहरु आएका छन्, समायोजनको म्याद थप गर्ने निर्णय भइसकेको छ,’ गौतमले भने ।

क्याम्पस समायोजनका लागि दुवै संस्थाका सञ्चालक समितिको निर्णय चाहिनेलगायत लामो प्रक्रिया भएकाले कार्यकारी परिषद्ले म्याद थप गर्ने निर्णय गरेको हो । ७६ जिल्लामा त्रिविका सम्बन्धन प्राप्त क्याम्पसहरु सञ्चालनमा रहेका छन् । धेरै क्याम्पस भएका कारण विश्वविद्यालयबाट नियमित अनुगमन र नियमन समेत हुन सकेको छैन । विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार विद्यार्थी संख्या थोरै भएर बन्द हुने अवस्थामा पुगेका क्याम्पसहरु पनि त्रिविकै धेरै छन् ।

सबै विश्वविद्यालयका गरी १ हजार ४ सय ४० आंगिक, सामुदायिक र निजी क्याम्पस संचालनमा रहेका छन् । तीमध्ये ३ सय निजी, २ सय १८ सामुदायिक र २१ वटा क्याम्पसमा १ सयभन्दा थोरै विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी थोरै भएका सामुदायिक र निजी क्याम्पसले अध्यापक, कर्मचारीलाई नियमित तलब सुविधा पनि दिन सकेका छैनन् ।

देशभर ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र डेढ सय आंगिक क्याम्पस संचालनमा छन् । आयोगले पनि समायोजन नीति लागू गर्ने तयारी गरिरहेको सदस्यसचिव शंकर भण्डारीले बताए ।

You can share this post!

Total Share : 1.8 K Total Views : 12.4 K

प्रतिक्रिया