news-details

सरकारी तथा गैरसरकारी निकाय भूकम्पपीडित प्रभावित क्षेत्रमा

Total Share : 731 Total Views : 5.2 K

बझाङ, असोज २३ गते । बझाङमा केन्द्रबिन्दु बनाई मंगलबारदेखि पटक पटक गएको भुकम्पका कारण जिल्लाका १२ हजार ३४ वटा घर तथा भवनमा  क्षति भएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट बिवरण प्राप्त गरेअनुसार पूर्ण, आंशिक र सामान्य क्षति भएका ११ हजार ७७० घर तथा भवन क्षति भएको बिवरण प्राप्त गरेको छ ।  

भुकम्पका कारण सबैभन्दा बढी निजी घरहरु २ हजार ११९ पूर्णक्षति, ६ हजार १८३ आंशिक क्षति र ३ हजार ४ सय ६८ घर आंशिक क्षति भएका छन् । त्यसका साथै सरकारी भवन तथा कार्यालयतर्फ पूर्णक्षति ११७ वटा भवन र आंशिक क्षति १४७ रहेको जिल्ला बिपद ब्यवस्थापन समितिको अभिलेखमा उल्लेख छ  । 

त्यसका साथै जिल्लाभरी चौपायातर्फ ६ वटाको मृत्यु ३ घाइते रहेका छन् । यसका साथै अन्य क्षतितर्फ जलबिद्युत, शौचालय, सामुदायिक भवनतर्फ ५० वटाको क्षति भएको समेत सो अभिलेखमा उल्लेख छ । 

मंगलबारसम्म जिल्लाका ११ वटा स्थानीय तहहरुले क्षतिको सबै बिवरण जिल्ला बिपद ब्यवस्थपन समिति तथा जिल्ला प्रशासन कार्यालयमा बुझाइसकेको छ । सुर्मा गाउँपालिकाको मात्र बिवरण आउन बाँकी रहेको जिल्ला बिपद ब्यवस्थापन समितिका फोकलपर्सन नन्द धामीले जानकारी दिनुभयो । 

You can share this post!

Total Share : 731 Total Views : 5.2 K

प्रतिक्रिया