news-details

अमेरिकामा फेला पर्‍यो ४६ आप्रवासीको शवले भरिएको ट्रक : कुनकुन देशका हुन भन्ने पहिचान हुन बाँकी

Total Share : 1.5 K Total Views : 10.9 K

काठमाडौँ । अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने बताउँदै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन् । सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्‍याइएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

सान एन्टोनियो अमेरिका(मेक्सिकोको सीमाभन्दा करिब २५० किलोमिटरको दूरीमा छ । उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे भने अझै प्रहरीले सार्वजनिक गरेको छैन ।
तर ती व्यक्तिहरु अवैध रुपमा अमेरिका छिर्न लागेको हुन सक्ने उनीहरुको आँकलन छ । यसो त अमेरिकामा अवैध रुपमा छिर्ने क्रममा निधन भएको तथा सिमानामा शवरु भेटिएको यो नौलो घटना भने होईन ।

 

You can share this post!

Total Share : 1.5 K Total Views : 10.9 K

प्रतिक्रिया