news-details

२० वर्ष पर्यटक बोकाएर बेवारिसे बनाइएकी काजलकलीको मृत्यु

Total Share : 1.1 K Total Views : 7.9 K

चितवन। चितवनको पर्यटकीय क्षेत्र सौराहामा २० वर्ष पर्यटक बोकेको पोथी हात्ती काजलकलीको मृत्यु भएको छ ।

एक साता भन्दा बढी एक हात्तीसारमा मृत्युसंग संघर्षरत काजलकलीको आज मृत्यु भएको हो ।


काजलकलीले सौराहा आउने पर्यटकलाई २० वर्ष सम्म आफ्नो पिठ्यूँमा चढाएर जंगल घुमाइन् । काजलकलीको शरीरका विभिन्न ठाउँमा घाउँ थिए । शरीर दुब्लो र ख्याउटे भएको थियो । काजलकलीलाई बचाउन राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले पटक–पटक सहयोग गर्‍यो । दुई पटकसम्म औषधि उपचार गरेरै उठाइएको थियो । तर यसपटक उनलाई उठाउन सक्ने अवस्था नरहेपछि उपचार गर्न कोसिस नगरिएको भेटेरीनरी प्राविधिक बताउँछन् ।

सौराहामा पर्यटक घुमाउनका लागि पाँच वर्षअघि व्यवसायी मधुकर रेग्मीले काजलकलीलाई भारतबाट नेपाल ल्याएका थिए । गत भदौमा पुनः भारतीयलाई नै बेचेपछि काजलकलीलाई भारत लैजादै गर्दा मकवानपुरको मनहरीबाट समातिएको थियो । उनलाई पुनः सौराहा नै फिर्ता पठाईयो । वन्यजन्तुको खरिद–बिक्री गर्न नपाइने अन्तर्राष्ट्रिय महासन्धीमा टेकेर सर्वोच्च अदालतमा परेको रिट र अदालतले दिएको आदेशले उसको भारत जाने बाटो बन्द भयो ।

सौराहा फर्किएपछि विक्री गरेका व्यवसायीले राख्न नमान्दा पर्यटन व्यवसायी श्रीलाल परियारको हात्तीसारमा काजलकली बस्दै आएकी थिई ।

 

You can share this post!

Total Share : 1.1 K Total Views : 7.9 K

प्रतिक्रिया