news-details

पर्यटनमन्त्री आलेको राजीनामा पत्र पार्टी अध्यक्ष नेपालको खल्तीमा

Total Share : 731 Total Views : 5.2 K

काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय मीनभवनमा पुगेर मन्त्री आलेले राजीनामा पत्र बुझाउनुभएको जनाइएको छ ।

शुक्रबारको पोलिटब्युरो बैठकमा पनि मन्त्री आलेले ४८ घण्टाभित्र राजीनामा बुझाउने बताउनुभएको थियो। एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रातृ संगठन अखिल नेपाल महिला संघको बैठकमा पनि केही मन्त्रीको राजीनामा आइसकेको र आफूले खल्तीमा हालेर हिँडेको जानकारी दिनुभएको थियो ।

जेठ २२ गतेको सचिवालय बैठकले मन्त्रीहरु हेरफेर गर्ने निर्णय गरे पनि मन्त्रीहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

You can share this post!

Total Share : 731 Total Views : 5.2 K

प्रतिक्रिया