news-details

सेयर लगानीकर्ता र धितोपत्र बोर्डबीच सहमति, तोडियाे अनसन

Total Share : 516 Total Views : 3.6 K

​​​​​​​​​​​​​​काठमाडौँ । सेयर बजार सुधारको माग राख्दै  आमरण अनसन बस्नुभएका तिलक कोइराला पक्षधर र धितोपत्र बोर्डबीच सहमति भएको छ । 
शुक्रबार भएको दुबै पक्षबीचको सहमतिसँगै कोइरालाले अनसन तोड्नुभएको छ ।  १९ बुँदे माग कार्यान्वयनका लागि प्रतिबद्धतासहित समन्वयन गर्ने सहमतिपछि लगानीकर्ता कोइरालाले आज दशौं दिनपछि अनशन तोड्नुभएकाे हाे  । उहाँ  यसअघि पनि दुईपटक आमरण अनशन बस्सेनुभएकाे थियाे  ।  प्रतिबद्धतामा बोर्डका अध्यक्ष रमेश कुमार हमाल, निमित्त कार्यकारी निर्देशकद्वय विनयदेव आचार्य तथा मुक्ति श्रेष्ठले सहमति जनाउँदै हस्ताक्षर गरेसँगै उहाँले अनशन तोड्नु भएको हो । 

आज भएको सहमतीमा मुद्रा तथा पुँजी बजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गरेको समितिको ५८ बुँदे सुझावका बाँकी काम गर्न गराउन, पुँजी बजारको समस्या सम्बन्धमा अर्थ मन्त्रालयसँग निकट रहेर काम गर्ने उल्लेख छ । 

त्यस्तै वाणिज्य बैंकका सहायक कम्पनी र अन्य संस्थागत पब्लिक कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गर्ने सम्बन्धमा नेप्सेसँग आवश्यक समन्वय गर्ने, विदेशमा रहेका श्रमिकलाई सार्वजनिक निष्कासनमा १० प्रतिशत आरक्षण गर्ने काम साउनदेखि कार्यान्वयनमा ल्याउने उल्लेख छ । 

सहमती पत्रमा क्रमिक रुपमा एनआरएनलाई पनि बजारमा सहभागिता गराइने उल्लेख छ ।यसैगरी नेप्सेमा रहेको सरकारी स्वामित्व तत्काल विनिवेश गरी रणनीतिक साझेदार ल्याउने सहमती भएको छ । 

त्यसैगरी साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमइज प्लाटफर्म भदौ महिनासम्म कार्यान्वयन ल्याउन पहल गर्ने, दीर्घकालिन लगानीकर्ताका लागि ३ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्ने सम्बन्धमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने लगायतका विषयहरु सहमति पत्रमा उल्लेख छन् । 

धितोपत्र बजारमा नयाँ औजार भित्र्याउने सम्बन्धमा स्टक एक्सचेन्जबाट अध्ययन भइ कार्यान्वयन चरणमा रहेकाले सोका लागि आवश्यक कार्य अघि बढाइने सहमति भएको छ । सेयर धितोमा ४–१२ करोडको सीमाका सम्बन्धमा राष्ट्र बैंकसँग समन्वय गन पनि सहमती पत्रमा उल्लेख छ ।

You can share this post!

Total Share : 516 Total Views : 3.6 K

प्रतिक्रिया