news-details

साउने संक्रान्तीदेखि कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना

Total Share : 258 Total Views : 1.8 K

काठमाडौँ । काठमाडौँ महानगरले साउन १ गतेदेखि काठमाडौँबासीले फोहोर छुट्याउनुपर्ने नियमलाई कार्यान्वयन गर्न कडा निर्देशन दिएको छ ।

कुहिने र नकुहिने फोहोर नछुट्याएको खण्डमा नछुट्याउनेले ५०० रुपियाँ जरिवाना तिर्नुपर्ने महानगरले जनाएको छ । ल्याण्डफिल साईटमा सबै किसिमका फोहोर फ्याँकिएपछि सिर्जित अवस्थालाई मध्यनजर गर्दै महानगरको हिजो बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय सार्वजनिक गरेको हो ।

त्यस्तै छुट्याइएको फोहोर लिनका लागि गाडी पनि छुट्टाछुट्टै दिनमा आउने कुरा महानगरले प्रस्ट्याएको छ ।

You can share this post!

Total Share : 258 Total Views : 1.8 K

प्रतिक्रिया