news-details

सुर्या लाइफ इन्स्योरेन्स द्वारा मृत्यदाबी भुक्तानी

Total Share : 559 Total Views : 3.9 K

काठमाण्डौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय लम्किले मृत्यदाबी भुक्तानी गरेकाे  छ ।लम्की शाखा कार्यालयमा एक कार्यक्रम गरि पन्चदेवल बिनायक नगरपालिका ८ अछाम घर रहेकि मृतक रत्ना सुनारका छोरा केशब कुमार सुनार लाई २ लाख ६० हजार ७ सय ५० रुपैया बराबर को चेक रकम हस्तान्तरण गरियको हो ।


उक्त चेक रकम कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल ,लम्की शाखा प्रमुख सुरेश जैसी ,टिकापुर शाखा प्रमुख धन सिंह धामी र एजेन्सि म्यानेजर भरत कुमार कामी ले हस्तान्तरण गर्नुभयको थियोे ।

बिमित रत्ना सुनारको असामहिक निधन पछि निजका छोराले मृत्यु दाबी गर्दा कम्पनीले सो रकम भुक्तानी गरेको हो ।

बिमित सुनारले २ लाख ५० हजार को जीवन बिमा गरेकोमा प्रथम बिमा सुल्क २५६४२/-रुपैया जम्मा गरेका थिय । कार्यक्रममा कम्पनीका एरिया म्यानेजर रबिन्द्र हमाल,लम्की शाखा प्रमुख सुरेश जैसी,टिकापुर शाखा प्रमुख धन सिंह धामी,वरिष्ठ एजेन्सी म्यानेजर दुर्गा भट्ट रावल,एजेन्सी म्यानेजर राधिका तिमिल्सेना,भरत कुमार कामी लगायत अभिकर्ता हरुको सहभागितामा चेक हस्तान्तरण कार्यक्रम गरियको थियोे ।

कार्यक्रममा एरिया म्यानेजर रबिन्द्र हमाल ले मानव जीवन अनिश्चित रहेको र भबिस्य जोखिमले भरिएकोले हाम्रो अनमोल जिवनमा आउने विभिन्न जोखिमको क्षेति न्यूनीकरण का लागि बिमा अत्यावश्यक रहेको बताए ।

You can share this post!

Total Share : 559 Total Views : 3.9 K

प्रतिक्रिया