- अमृत थापा ।
लमजुङ । पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको विरुद्ध अनेरास्ववियु लमजुङले शान्तिपूर्ण प्रदर्शन कार्यक्रम गरेको छ ।
भातृ संगठन अनेरास्ववियु र राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध मंगलबार लमजुङको सुन्दरबजारमा प्रदर्शन कार्यक्रम गरेको हो । यती खेर मूल्यवृद्धि विरुद्ध देशै भरि प्रदर्शन भैरहेको छ । महँगीले आम जनसमुदयलाई असर पारिरहेको बेला इन्धनमा चर्को मृल्यवृद्धिले उपभोक्ता थप मारमा परेका छन् ।
पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर बढिरहे पनि उपभोक्ताको आय सोर्तमा भने मूल्य वृद्धि हुनसकेको छैन । ज्याला मजदुरी किसानी गरेर आफ्नो जीविकोपार्जन गर्ने आम सर्वसाधारणहरुमा चर्को मूल्यवृद्धिका कारण उठिबास लागेको छ ।
पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिसँगै यातायात क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ। इन्धनमा महँगीको कारण देखाउँदै सार्वजनिक सवारीसाधनको भाडादर बढाउँदै आएका छन्।
पछिल्लो निर्णयअनुसार यात्रुवाहक सवारीसाधनको भाडामा ५.३% ले, पहाडी बाटोमा गुड्ने मालवाहक गाडीको भाडामा ६.९४% र तराईमा ७.७% ले वृद्धि गरिएको छ। इन्धनको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा विभागले भाडादर समायोजन गर्दै आएको छ।
प्रतिक्रिया