news-details

चर्को मृल्यवृद्धि : उपभोक्ता मारमा

Total Share : 774 Total Views : 5.5 K

 - अमृत थापा

देशै भर महँगीले आम जनसमुदयलाई असर पारिरहेको बेला इन्धनमा चर्को मृल्यवृद्धिले उपभोक्ता थप मारमा परेका छन् ।

 

पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर बढिरहे पनि उपभोक्ताको आय सोर्तमा भने मूल्य वृद्धि हुनसकेको छैन । ज्याला मजदुरी किसानी गरेर आफ्नो जीविकोपार्जन गर्ने आम सर्वसाधारणहरुमा चर्को मूल्यवृद्धिका कारण उठिबास लागेको छ ।

पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिसँगै यातायात क्षेत्रमा त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ। इन्धनमा महँगीको कारण देखाउँदै सार्वजनिक सवारीसाधनको भाडादर बढाउँदै आएका छन्। अझ कोही कोहीले त मूल्यवृद्धिको नाममा दोब्बर भाडादर असुली रहेका पनि छन् । यातायात व्यवस्था विभागले पछिल्लो पटक असार ६ गतेबाट लागु हुनेगरी वृद्धि गरेको छ।

पछिल्लो निर्णयअनुसार यात्रुवाहक सवारीसाधनको भाडामा ५.३% ले, पहाडी बाटोमा गुड्ने मालवाहक गाडीको भाडामा ६.९४% र तराईमा ७.७% ले वृद्धि गरिएको छ। इन्धनको मूल्यमा ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा विभागले भाडादर समायोजन गर्दै आएको छ।

नेपालले नुन देखि सुनसम्म सबै भारत बाट आयात हुने भएकाले ढुवानी गर्नुपर्ने सबै सामानको भाउ प्रभावित भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको वैशाखको तुलनामा चालु आर्थिक वर्षको वैशाखमा लगभग सबै वस्तुको भाउ बढेको देखिन्छ। सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ७.१३% र गैरखाद्य तथा सेवा समूहको ८.४५% छ ।

चालु आर्थिक वर्षको १० महिनासम्ममा विभिन्न उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ।

घिउ तथा तेलमा २४.८६%, फलफूलमा १२.६१%, दुग्धपदार्थ र अण्डामा ११.३०%, दाल गेडागुडीमा १०.५३%, सुर्तीजन्य पदार्थमा ९.७०% मूल्य बढेको छ।

यातायातमा : २१.८१%, शिक्षामा ११.६४%, मनोरञ्जन तथा संस्कृतिमा ८.२१% । 

You can share this post!

Total Share : 774 Total Views : 5.5 K

प्रतिक्रिया