तिलोत्तमा । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ ।
उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छन् ।
यस सुचना बाहिरिएपछि उक्त गाउँपालिकाका जिम्मेवार व्यक्तिहरुको चौतर्फी टिप्पणी भईरहेको छ ।
प्रतिक्रिया