दाङ । दाङको तुलसीपुरमा सडक खन्ने क्रममा एक कसौँडी चाँदीको सिक्का भेटिएका छन् ।
जेसिबी चालक सुवास चौधरीले ५ सय ३७ वटा सिक्का कसौँडीमा फेला पारेका थिए तर अर्का चालक राजन खड्काले आफुलाई पनि भागबन्डा गर्न भनेपछि हुन्छ भनेका चौधरीले उनलाई सिक्का नदिएपछि उक्त कुरा बाहिरिएको हो ।
खड्काले उक्त कुरा जग्गा धनि शोभा भण्डारीलाई बताएपछि उनले उक्त सिक्का बाटोको काममै प्रयोग गर्न भनिन् । हाल चालक सुवास चौधरी प्रहरी नियन्त्रणमा छन् । करिब २ सय वर्ष पुराना ती सिक्काहरु पनि प्रहरीसँगै छ ।
प्रतिक्रिया