news-details

स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसिन्

Total Share : 1.1 K Total Views : 7.9 K

नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डिएसपी रुपक खड्काले रातोपाटीलाई बताए । 

दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

 

You can share this post!

Total Share : 1.1 K Total Views : 7.9 K

प्रतिक्रिया