news-details

बन्ने भयो अत्यन्तै रुचाईएको शो शक्तिमान, म शक्तिमान नभए दर्शकलाई अन्याय : मुकेश खन्ना

Total Share : 473 Total Views : 3.3 K

एजेन्सी । ९० को दशकमा भारतमा मात्र नभई नेपालमा पनि बच्चाहरुले रुचाएको शो शक्तिमान पुनः बन्ने भएको छ । कबि ३ सय करोड लागतमा बन्न लागेको उक्त शोलाई स्पाईडर म्यानका निर्माताहरुले बनाउन लागेका हुन् । निर्माण उनीहरुको भएपनि कथा भारतकै रहने त्यस समयका शक्तिमान अर्थात मुकेश खन्नाले जनाएका छन् ।

सानो पर्दामा आउन अनुरोध गरेतापनि आफुले फिल्मकै रुपमा कमब्याक गर्न लागेको पनि उनले बताएका छन् । फिल्ममा शक्तिमानको भुमिकामा आफै रहने कुरा पनि प्रस्ट्याउँदै अभिनेताले आफ्नो भुमिका र आफुलाई हेरेर नै दर्शकले उक्त शो रुचाएकाले शक्तिमान फेरिएको खण्डमा दर्शकप्ति न्याय नहुने उनले बताएका छन् ।

फिल्म निर्माण भईसक्न भने केहि समय लाग्ने उनले जनाएका छन् ।

You can share this post!

Total Share : 473 Total Views : 3.3 K

प्रतिक्रिया