news-details

फेरि विवादमा तानिए पर्यटनमन्त्री आले : नेपाल एयरलाइन्सका अध्यक्षमाथी प्रयोग गरे अश्लिल शब्द, बाहिरियो अर्को अडियो

Total Share : 774 Total Views : 5.5 K

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाईअश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन् ।

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेको सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँगै उनको चौतर्फी आलोचना हुन थालेको छ ।

यसअघि पनि उनले एक युवकलाई टेलिफोनबाट अपशब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस)बाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन् ।

सो अडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ ।

You can share this post!

Total Share : 774 Total Views : 5.5 K

प्रतिक्रिया