news-details

भदौ १७ मा पुजा आकाशको 'सम्हालिन्छ कहिले मन'

Total Share : 731 Total Views : 5.2 K

काठमाडौँ । कोरोना महामारीभन्दा अगावै निर्माण भएको अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि तीन पटक प्रदर्शन मिति तोकेर पनि प्रदर्शन हुन नसकेको फिल्म अब आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यही शुक्रवार एक गीत सार्वजनिक गर्ने तयारीमा निर्माण टिम जुटेको छ ।

भदौ १७ गतेलाई प्रदर्शन मिति तोक्नुअघि निर्माण टिमको आँखा भदौ १० गते थियो । तर, यो मितिमा दुई फिल्म ‘प्रकाश’ र ‘दि सेक्रेट्स अफ राधा’ प्रदर्शनमा आउने निश्चित भइसकेका कारण ‘सम्हालिन्छ कहिले मन’लाई एक हप्ता पछि प्रदर्शन गर्न लागिएको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित भएर निर्माण भएको फिल्मको बेलायतमा करीब ४५ दिनसम्म छायांकन भएको थियो ।

You can share this post!

Total Share : 731 Total Views : 5.2 K

प्रतिक्रिया