एजेन्सी । महिमा चौधरी, ९० को दशकका बलिउड दर्शकले सायदै नसुनेको नाम होला । आफ्नो सुन्दरता र आफनो अभिनयले एक समय बलिउडमा राज गरेकी अभिनेत्री महिमा चौधरी हाल क्यान्सरसँग लडिरहेकी छन् । अभिनेता अनुपम खेरले यसबारे एक भिडियोमार्फत खुलासा गरेका हुन् ।
अभिनेत्रीलाई स्तन क्यान्सर भएको छ र उनी अहिले पूर्णरुपमा त्यसैको उपचारमा व्यस्त छिन् ।
अभिनेत्रीको कपाल केमोथेरापीका कारण गुमिसकेको छ भने भिडियोमा अभिनेत्रीले आफुलाई क्यान्सर भएको कुरा बताउँदा निकै भावुक र रोइरहेको पनि देखिन्छिन् । अनुपमले उक्त भिडियो सार्वजनिक गर्दै अभिनेत्रीलाई निकै सहनशील र शक्तिशाली भनेका छन् । महिमाले दिल है तुम्हारा, बागवान, परदेश, धड्कन, लज्जा लगायत दर्जनौँ फिल्ममा काम गरेकी छन् ।
प्रतिक्रिया